१५ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ । होटलको भुइँतलामा लागेको अागो दमकलले नियन्त्रणमा लिएको छ ।
होटलको भित्र लागेको अागाे भने धेरै फैलन नपाइ दमकलले नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर अागलागी भएको हो । अागो लागेपछि होटलमा रहेका पाहुनालार्इ बाहिर निकालिएको थियो ।
स्टोर कोठामा लागेको अागोले कराेडाै रूपैयाँको क्षति भएको होटलले दाबी गरेपनि यकिन विवरण अाउन बाँकी रहेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
हाेटेलकाे किचन छेउमा रहेकाे भुँइ तलाकाे स्टाेर गरिएकाे ठाउँमा अागाे लागेकाे थियाे । अागलागीबाट स्टाेर गरेर राखिएका साेफासेट तथा कार्पेटहरू जलेर नष्ट भएको छ ।
ढाेकामा चाबी लगाइँदा क्षति बढी
सामान्य अागाे बल्दैमा किचनमा थाहाँ हुँदैन । विभिन्न परिकारहरू पकाइने भएकाेले किचनमै अागाे बालिएकाे कर्मचारीहरूले ठाने । कार्पेट र साेफामा अागाे सल्किएर मुस्लाे लागेपछि मात्रै थाहा पाएकाे कर्मचारीले बताए । अागाे सल्किएकाे काेठामा ताला लागेकाे हुँदा तत्काल ढाेका खाेल्न नसकिँदा स्टाेर गरिएका सामान सबै जल्न पुगेकाे हाेटल कर्मचारीले जानकारी दिए । सामान्य अागाे लाग्दा भित्रै रहेकाे फायर बक्सबाट नै अागाे नियन्त्रण लिन सकिने भए पनि ताला लगाइएकाे कारण समयमा अागाे निभाउन नसकिएकाे उनीहरूले बताए ।
कर्मचारीहरू काम गरेर थाकेपछि कहिलेकाँही अाराम गर्न जान्थे । कर्मचारीले अाराम गरे भनेर ताला लगाइएकाले ताला खाेल्नै ढिला भएकाले अागाेले क्षति पुर्रयाएकाे एक कर्मचारीले अनलाइनखबरलार्इ बताए ।
अागलागीले विदेशी पाहुनाकाे भागदाैड
हाेटलमा एक्कासी अागाे लागेपछि विदेशी पाहुनाहरूमा भागदाैड मच्चिएकाे थियाे । पाहुना बस्ने काेठासम्म अागाे नपुगे पनि अागलागी भएकाे हल्लाले उनीहरू अातंकित भएका थिए । अागलागी भइसकेपछि सवैभन्दा पहिला हाेटलका पाहुनाहरूलार्इ बाहिर निकाल्ने काम गरिएकाे डीएसपी कार्कीले बताए । सेना, प्रहरी तथा काठमाडाै महानगरपालिकाका चार वटा दमकलले झन्डै दुर्इ घन्टापछि अागाे नियन्त्रणमा लिएकाे हाे ।