Comments Add Comment

तिलोत्तमा व्यापार संघमा कँडेल

१५ चैत, बुटवल । तिलोत्तमा व्यापार संघ रुपन्देहीको प्रथम अधिवेशनबाट झवीन्द्रप्रसाद कँडेल अध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार भएको मतगणनाबाट प्रथम उपाध्यक्षमा देवीप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा बाबुलाल भुसाल र महासचिवमा रामचन्द्र पाण्डे निर्वाचित भएको संघले जनाएको छ ।

संघको सचिवमा नयाँकान्त भण्डारी र कोषाध्यक्षमा नेत्र न्यौपाने यसअगाडि नै निर्वारोध निर्वाचित भएका थिए ।

अधिवेशनबाट निर्वाचित ११ कार्यसमिति सदस्यमा शीतल ज्ञवाली, बबी भट्टराई, दीपा शर्मा, दिलमाया पुन, सुना थापा, हरि उपाध्याय, हरि अर्याल, लोकबहादुर थापा, विष्णु बराल क्षेत्री र मनबहादुर बर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment