Comments Add Comment

सहकारीहरू उत्पादन वृद्धिमा लाग्नुपर्ने जोड

Dhapasi-sahakari

१५ चैत, काठमाडौं । राष्ट्रिय सहकारी संघका लेखा संयोजक धर्मदत्त देवकोटाले सहकारीमार्फत उत्पादन वृद्वि गरी आयात प्रतिस्थापनमा जोड दिनुपर्ने बताएका छन् । धापासी बहुउद्देश्यीय सहकारील आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारीले कृषि उत्पादन वृद्वि गरी देशलाई आत्मननिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सहकारी मार्फत रोजगारी सिर्जना, समनतामूलक सामाज तथा सामाजिक न्याय निर्माण गर्न र आत्मनिर्भर देशका लागि सहकारी अपरिहार्य भएको देवकोटाको भनाई थियो ।

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले अर्थतन्त्रको तीन खम्बेबाट सहकारीलाई हटाउने षडयन्त्र भइरहेको बताए । ‘सहकारी सबल खम्बाका रुपमा स्थापित गर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ, बैंकले उत्पादनशील क्षेत्रमा प्राथमिकता दिइरहेको छ’ उनले भने ।

सहकारीकर्मी एकताबद्व हुन नसके सहकारीका विरोधीले सहकारी क्षेत्र तहसनहस बनाउने उप्रेतीले बताए । सहकारी व्यवसायिक र उत्पादनशील हुन सके तीन खम्बेमा सबल खम्बाका रुपमा स्थापित हुन सक्ने उनको भनाई छ ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीले बचत तथा ऋणमा मात्र केन्दि्रत रहे आयात प्रतिस्थापनमा सहकारीको योगदान नपुग्ने बताए । ‘सहकारीका चुनौती र अवसर उत्तिकै छन्, हामीले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्न उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने छ’ उनले भने ।

धापासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुदर्शन थापाले रोजगार प्रवर्द्वनका लागि संस्थाले छुट्टै उपसमिति गठन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment