Comments Add Comment

प्रचण्ड मोर्चाले देशभर लाठी जुलुस प्रदर्शन गर्दै

१५ चैत, काठमाडौं । गृहमन्त्रालयको चेतावनीका बावजुद एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशभर लाठी जुलुस प्रदर्शन गर्दैछ ।

YCL-march-pass

पूर्वघोषित कार्यक्रमअनुसार राजधानीसहित देशभरका जिल्ला सदरमुकाममा  लाठी जुलुस प्रदर्शन गर्न लागिएको मोर्चाले बताएको छ । काठमाडौंमा दिउँसो साढे २ बजे भृकुटीमण्डपबाट लाठी जुलुस निकालिने वाइसीएल उपत्यका इन्चार्ज दीपशिखाले जानकारी दिए ।

उनका अनुसार जुलुस सुन्धारा जमल हुँदै पुनः भृकुटीपमण्डपमै आएर समापन हुनेछ ।

यसअघि गृहमन्त्रालयले लाठी जुलुस, मसाल जुलुस, तथा हड्ताल नगर्न आग्रह गरेको थियो ।

यसअघि फागुनमा वाइसीएलले राजधानीमा भाटे जुलुस प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment