Comments Add Comment

प्रचण्डले भने- पहिले वार्ता अनि आन्दोलन फिर्ता !

Susil-Prachanda

१५ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन फिर्ता लिन गरेको आग्रहलाई एमाओवादी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । सत्तापक्षले आजै सहमतिको प्रस्ताव ल्यायो र बेलुका हुने वार्ता सफल भयो भने आन्दोलन तत्कालै फिर्ता हुने प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच वार्ता भएको थियो । सो वार्तामा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिइदिन प्रचण्डसँग आग्रह गरेका थिए ।

सहमति भए तत्कालै आन्दोलन फिर्ता लिन सकिने भन्दै प्रचण्डले पहिले सहमतिको प्रस्ताव ल्याउनोस्, वार्ता गरौं, त्यसपछि फिर्ता लिऔंला भन्ने जवाफ प्रधानमन्त्रीलाई दिएका छन् ।

आजै सरकारी प्रस्ताव आउने

बालुवाटारमा एमाओवादीसँगको छलफलपछि कांग्रेसले तत्कालै एमालेसँग छलफल गर्ने भएको छ । सत्तारुढ दलले सहमतिको प्रस्ताव तयार पारेपछि अपरान्ह सत्तापक्ष र प्रतिपक्षी मोर्चावीच वार्ता गर्ने सहमति भएको बालुवाटार स्रोतले बतायो ।

यसैवीच सत्तापक्षसँग हुने सहमतिका विषयमा छलफल गर्न एमाओवादी मोर्चाको कार्यदलको बैठक बोलाइएको छ ।

प्रचण्डले ३० दलीय मोर्चामा र सत्तापक्षले आपसमा छलफल गरेपछि बेलुका सत्तापक्ष र प्रतिपक्षवीच वार्ता हुने छ ।

पाँच जिल्लाको विवाद मिल्ने दाबी

बालुवाटारमा भएको छलफलमा झापा मोरङ लगायतका पााच जिल्लाका विषयमा पनि छलफल भएको र नेपाली कांग्रेस सकारात्मक देखएकिो एमाओवादी स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment