Comments Add Comment

भारतको पर्यटकीय शहर गोवामा किस खान प्रतिबन्ध !

kiss

भारतमा आजभोलि प्रतिवन्धको लहर नै चलेको छ । जे बिषय र कारण देखाएर प्रतिबन्धको घोषणा गरिएको छ, ती सुनेपछि तपाईं हाँसो थाम्न सक्नुहुन्न ।

पछिल्लो खवरअनुसार गोवाको एक गाउँमा सार्वजनिक स्थानमा किस गर्न प्रतिवन्ध लगाइएको छ । प्रतिवन्धभन्दा पनि त्यो निर्णय गर्नुको कारण निकै रोचक छ ।

पणजीबाट नजिकैको दुरीमा रहेकेा समुन्द्री किनारमा रहेको सल्भाडोर डू मुन्डो गाउँमा सार्वजनिक रुपमा किस गर्न प्रतिवन्ध लगाइएको हो ।

‘स्थानीयमा आएको उत्तेजना तथा आवेग’ लाई कारण देखाउँदै सार्वजनिक रुपमा किस गर्न प्रतिवन्ध लगाइएको हो ।

साल्भाडोर डू मन्डोका उपाध्यक्ष रीना फर्नाडिजका अनुसार गाउँ पञ्चायतले स्थानीयबासीको अनुरोधमा किसमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । यो प्रतिवन्ध यसै महिनाबाट लागू हुनेछ । उनले समाचार संस्था एएफपीसँग भने-गाउँमा अवान्छित गतिविधि धेरै नै भएको थियो । जसले स्थानीयबासी निकै समस्यामा थिए ।’

गाउँमा किस गर्न मात्र प्रतिवन्ध लगाइएको छैन, मदिरा पिउन र ठूलो आवाजमा संगीत बनाउन पनि पाइने छैन ।

प्रतिवन्ध घोषणा गरिएको पोष्टर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । पोष्टरमा लेखिएको छ-‘कुनै प्रकारको उत्पात नमच्चाउनुस् । घुम्न आएका मानिसहरुले गाउँलाई स्वच्छ राख्नुस् । मदिरा पिउन, धुम्रपान गर्न, ठूलो आवाजमा संगीत बजाउन, सार्वजनिक स्थानमा किस गर्न र उत्पात मच्चाउन प्रतिवन्ध छ ।’

यसअघि गोवा सरकारको कला एवं संस्कृति विभागले आफ्ना महिला कर्मचारीलाई बाहुला नभएको कम्मरमाथिको बस्त्र तथा जिन्स लगाएर कार्यालय आउन प्रतिबन्ध लगाएको थियो ।

करिव ४५० बर्षसम्म पोर्चुगलको अधिनमा रहेको गोवा सन् १९६१ मा मात्र भारतको नियन्त्रणमा आएको थियो । भारतको मुख्य पर्यटकीय गन्तब्य गोवामा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले शासन चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment