Comments Add Comment

आफ्नै हट दृश्य हेर्दा प्रियंकालाई लाज लाग्यो

priyanka-karki
संभवत पहिलो पटक कुनै चलचित्रमा धेरै खुलेका कारण पनि नायिका प्रियंका कार्कीले आफ्नै दृश्य हेर्न सकिनन् । काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको उनी अभिनित चलचित्र ‘षडङ्ग’को प्रेस शोमा पुगेकी प्रियंकाले आफूले यस्तो दृश्य पहिलो पटक गरेकाले हेर्न लाज लागेको बताइन् ।

चलचित्र भित्र पनि नायिकाको नै भूमिकामा देखिएकी प्रियंकाले पैसाका लागि एक धनाढ्य विवाहित पुरुषको प्रेमिकाको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा उनले विकिनी दृश्यदेखि बेडसिन समेत दिएकी छिन् ।

नायिका कार्कीले चलचित्र हेर्दा आफूले धेरै पटक अनुहार लाजले छोपेको समेत बताइन् । चलचित्रमा आफ्नो हट दृश्य आउने वित्तिकै उनी हातले मुखले छोप्थिन् ।

चलचित्रमा यस्तो दृश्य दिएपछि त्यसलाई आफैले हेर्न समेत नसक्ने भए किन दिनु भन्ने प्रश्न पनि उब्जिएला ? कार्यक्रममा नै पहिरनकाे माथिल्लो भाग केही खुलेको लगाएर आएकी नायिका कार्कीले आफ्नो नयाँ फेशनको चर्चा पनि सबैसँग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment