Comments Add Comment

राजनीतिमा आउन सक्छु, दलको पछि लागिन : राजेश हमाल

File photo
File photo

नायक राजेश हमाल अहिले फुर्सदिला बनेका छन् । कुनै समयमा बर्षमै २२ वटासम्म चलचित्र गरेका नायक हमालको हातमा अहिले चलचित्रको संख्या थोरै छ । हमाल यसलाई समयले ल्याउने परिवर्तन भन्छन् ।

उनले चलचित्र गर्दै नगर्ने सोच आफ्नो नभएपनि रफ्तार केही कम भएको स्विकार गरे । यो बर्ष २ वटा चलचित्रको मात्र छायांकन सकेका हमालको जिवन अहिले श्रीमतीको साथमा र देश-विदेश भ्रमणमै घुमिरहेको छ ।

उनले चलचित्र क्षेत्रमा २५ बर्षको यात्रा पार गर्दा अहिले केही कम काम गरेको खुलाए । जिवनमा केही न केही परिवर्तन अवश्य पनि आउने भन्दै हमालले चलचित्र निर्देशनको बिषयमा पनि आफ्नो सोच रहेको खुलाएका छन् । तर, चलचित्र निर्देशनको जिम्मा चानेचुने नभएको भन्दै उनले यतिबेला दर्शक पहिचान गर्न गाह्रो भएको बताएका छन् ।

हमालका अनुसार केही समय पहिले दर्शकले हेर्ने चलचित्र र अहिले हेर्ने चलचित्रको बिषयवस्तु फरक भएकाले पनि चलचित्र निर्देशन गर्न गाह्रो भएको हो । दर्शकले आफूहरुबाट धेरै कुराको अपेक्षा गर्ने भएकाले पनि आफूमाथि चुनौती थपिएको बताए । पहिलेका चलचित्रले सफलता पाएपनि अहिलेका चलचित्रले त्यो अनुरुप सफलता नपाएकाले यस बिषयमा गम्भिर हुनुपर्ने हमालको तर्क छ ।

हमालले आफूलाई अहिले नै राजनीतिमा आउने सोच नभएको पनि बताए । राजनीतिमा चासो राखेपनि यसको भद्रगोल अवस्थाका कारण चिन्तित भएको उनको भनाई छ ।

उनले राजनीतिलाई हलुका रुपमा नलिने भन्दै चुनाव लडेको खण्डमा आफूले जित्ने बताए । तर, दर्शकले आफूलाई चिन्छन् र भोट पनि दिन्छन् भन्दैमा चुनाव नलड्ने उनको भनाई छ । यदि, कुनै योजना आफूलाई आएको खण्डमा र त्यसले जनतालाई फाइदा गर्ने लागेमा राजनीतिमा पक्कै पनि लाग्छु भन्छन् हमाल ।

उनले एउटा व्यक्ति राजनीतिमा लाग्ने वित्तिकै सबै कुरा ठिक ठाउँमा आउँछ भनेर सोच्नु पनि गलत भएको बताए । तर, राजनीतिमा भिजन भएको खण्डमा परिवर्तन आउने हमालको वुझाई छ ।

चलचित्रका कलाकार पनि राजनीतिमा लागिरहेको समयमा हमालले भने आफू त्यो हि्वमको पछि नलागेको बताएका छन् । उनले आफूलाई लोकतन्त्रमा विश्वास भएको भन्दै सबैको साझा भएर बस्ने चाहना व्यक्त गरेका छन् । अमेरिकामा रहेको ह्वाइट हिमाल टेलिभिजनसँग कुरा गर्दै हमालले यस्तो कुरा खुलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment