Comments Add Comment

एमालेको कार्यबिभाजनमा घनश्याम र योगेशको ‘नोट अफ डिसेन्ट’

१५ चैत, काठमाडौं । नेकपा एमालेका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सम्बन्धी निर्णयमा माधव नेपाल पक्षका केही स्थायी कमिटी सदस्यले लिखित असहमति दर्ज गर्ने भएका छन् ।

yogesh-bhattarai-and-ghanashyam-bhusalपार्टी केन्द्रीय सचिवालयको तर्फबाट शुक्रवार राती सार्वजनिक गरिएको कार्य बिभाजनको सूचीप्रति असहमति जनाउदै नोट अफ डिसेन्ट लेख्न लागिएको सचिव योगेश भट्टराईले बताए ।

‘उहाँहरुले माइन्युट लेख्दै हुनुहुन्छ, माइन्युटमा हस्ताक्षर गर्ने बेलामा हाम्रो लिखित असहमति राख्छौं,’ सचिव भट्टराईले अनलाइनखबरसँग भने, ‘तर पार्टीको निर्णय मान्छौं ।’

स्पष्ट मापदण्ड बिना कार्यबिभाजन गरिएको, कतिपय नेताहरुलाई पुर्वाग्रह साँधेर जिम्मेवारी दिइएको र गुटका आधारमा निर्णय भएको भन्दै उनीहरुले नोट अफ डिसेन्ट लेख्न लागेका हुन् ।

स्रोतका अनुसार उपमहासचिव घनश्याम भुसाल, सचिव भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नोट अफ डिसेन्ट लेख्ने सम्भावना छ । आइतवार दिउँसोसम्म मान्यूट तयार भएपछि सहमति दर्ज गर्ने नेताहरुले बताए ।

माधव नेपाल पक्षकै अन्य पदाधिकारीहरुले भने नोट अफ डिसेन्ट लेख्ने टुंगो लागेको छैन । उपाध्यक्ष भीम रावल, सचिव गोकर्ण विष्ट र भीम आचार्य मौन बसेका छन् ।

उपाध्यक्ष युवार ज्ञवाली र अष्टलक्ष्मी शाक्यले निर्णयप्रति अशन्तुष्टि जनाए पनि नोट अफ डिसेन्ट लेख्ने टुंगो भने नभएको स्रोतले जनाएको छ ।

स्थायी समितिमा अध्यक्ष केपी ओली बहुमतमा छन् । बहुमतले गरेको निर्णयमा बरिष्ठ नेता झलनाथ खनालको समेत समर्थन रहेको स्रोतले जनाएको छ ।

यसैबीच बरिष्ठ नेता खनाल र नेपाल दुवैले दावी गरेको विदेश बिभाग प्रमुखको जिम्मा कसैलाई दिइएको छैन । दुई नेतासँग ओलीले छलफल गरेर यसको टुंगो लगाउने सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

खनाललाई नीति अध्ययन प्रतिष्ठान र नेपाललाई विदेश विभाग प्रमुखको प्रस्ताव गरिए पनि खनालले पनि विदेश बिभागनै दावी गरेकाले यसमा निर्णय नभएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment