Comments Add Comment

आफ्नै पूर्व प्रेमिकासँग यसरी भड्किए सविन

sabin-and-namrata-jha
गतबर्ष मलेसियामा आयोजना भएको ‘छैटौ नेफ्टा फिल्म अवार्ड’मा एकसाथ अनलाइनखबरको क्यामेरामा कैद भएका नायक सविन श्रेष्ठ र कलाकार नम्रता झा अहिले अलग बाटोमा छन् ।

सविनले उक्त समयमा आफ्नो र नम्रताविच ब्रेकअप नभएको खुलाएका थिए । तर, उनले यो बताएको १ बर्ष मात्र भैरहेको समयमा उनले आफ्नी पूर्व प्रेमिकालाई नामै तोकेर आफ्नो बारेमा बोल्दै नहिड्न भनेका छन् ।

सविनले आफ्नो फेसबुक मार्फत नम्रतालाई आफूहरुको ब्रेक अप भएको २ बर्ष भैसकेको अवस्थामा आफ्नो बारेमा नचाहिने कुरा नगर्न आग्रह गरेका छन् । सभ्य शैलीमा स्टाटस लेख्दै सविनले नम्रताको बिषयमा आफूले कोहीसाग पनि केही कुरा नगरेको भन्दै आफ्नै मिहिनेतले यो स्थानमा पुगेको लेखेका छन् ।

सविनले लेखेका छन्-‘आज म जे छु म आफ्नो मिहेनतले गरेको छु । त्यो सबै मैले गर्देको भनेर नचाहिने कुरा नगर्दा राम्रो । भविष्यमा कसले कत्ती गरेको भन्ने कुरा स्पष्ट हुन्छ ।’ उनले नम्रतालाई आफ्नो जिवनमा कुनै किसिमको हस्तक्षेप नगर्न भन्दै आफ्नै जिवनको बारेमा सोच्न आग्रह गरेका छन् ।

कुनै समय यूवती र प्रेमका कारण सर्वाधिक चर्चामा रहने नायक सविन श्रेष्ठ अहिले चलचित्रमा व्यस्त छन् । उनको र नम्रता झाको बिहे गर्ने चर्चा भैरहदा ब्रेक अप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment