Comments Add Comment

२० सेकेण्डका लागि मल्टिकप्टरको प्रयोग

chankhe-sankhe-helicopter
करिब २० सेकेण्डको दृश्यका लागि चलचित्र ‘चंखे शंखे पंखे’मा मल्टिकप्टरको प्रयोग गरिएको छ । २० सेकेण्डको दृश्यका लागि दिनभर लगाएर छायांकन गरिएको हो । पछिल्लो समयमा नेपाली चलचित्र खिच्नका लागि हेक्यिाम सर्ट जसलाई इन्जिनियरहरुको भाषामा गिम्बलसर्ट भन्ने गरिएको छ ।

निर्देशक तथा चलचित्रका मुख्य कलाकार सुदर्शन थापाले चलचित्रमा कुनै पनि दृश्यमा संझौता नगरेको बताए । महंगो खर्चका साथ शनिबार काठमाण्डौको ग्रान्डी अस्पतालमा यो दृश्य कैद गरिएपछि चलचित्रको सम्पूर्ण छायांकन पनि सकिएको छ । चलचित्रको प्रचारलाई बलिउड शैलीमा लैजाने निर्माता सन्तोष सेनको भनाई छ ।
chankhe
छायांकार राजेश श्रेष्ठले बलिउडमा काम गर्दा मल्टिकप्टरको प्रयोग गरिएपनि नेपालमा भने पहिलो पटक गरेको बताए । नेपालमा ४ देखि ६ र १२ वटासम्म पखेटा लगाएर नेपालका इन्जिनियरहरुले मल्टिकप्टर तयार पारेका छन् ।

सुदर्शन थापाको साथमा सुवास थापा, प्रेम पुरी, पूजा शर्मा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र जेठ १ गतेबाट प्रदर्शनमा आउादैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment