Comments Add Comment

३० दलीय मोर्चाबाट भैरहवा बन्द आह्वान

Bhairahawa-Jhadapसलमान खान
१५ चैत, भैरहवा । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाले निकालेको लाठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा सोमबार भैरहवा बन्द घोषणा गरिएको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाले आइतबार भैरहवामा लाठी जुलुस निकालेको थियो । भैरहवाको बुद्ध चोकबाट निकाल्न थालिएको लठ्ठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा मोर्चाका केही कार्यकर्ताहरु घाइते भएका छन् । उनीहरुले बोकेका बाँसका लठ्ठी प्रहरीले खोसेको छ ।

Bhairahawa-Jhadap-2झडपपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अगाडि पुगेका केही कार्यकर्ताहरुले गृहमन्त्री बामदेव गौतम, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र एसपी राजेन्द्र ढकालको विरोधमा नाराबाजी समेत गरेका थिए ।

सोमबार बन्द

प्रहरीले लाठीचार्ज गरेर आफ्ना कार्यकर्ता घाइते बनाएको विरोधमा मोर्चाले सोमबार भैरहवा बजार बन्द घोषणा समेत गरेको छ । मोर्चामा आबद्ध तराइ मधेश लोकतान्त्रिक पार्टीका रुपन्देही जिल्ला अध्यक्ष अजय वर्माले भने, ‘शान्तिपुर्वक जुलुस प्रदर्शन गर्दा समेत रुपन्देही प्रशासनले लाठीचार्ज गरी कार्यकर्ताहरुलाई घाइते बनाएको छ, सोको विरोधमा हामीले भोली भैरहवा बजार बन्द आह्वान गरेका हौँ । ‘
Bhairahawa-Jhadap-3

मोर्चाले भैरहवाको बुद्ध चोकबाट लाठी जुलुस निकालेर नारायणपथ, विद्रोही चोक, जिल्ला प्रहरी कार्यालय, मिलन चोक, जिल्ला प्रशासन कार्यालय हुदै देवकोटा चोकमा समापन गरेको थियो ।

हेर्नुहोस् प्रदर्शनका केही तस्वीरहरु-

Bhairahawa-Jhadap-1Bhairahawa-Jhadap-4यो समाचार पनि पढ्नुहोस्
पोखरामा एमाओवादी मोर्चा र प्रहरीबीच झडप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment