Comments Add Comment

वार्ता चियागफ मै सिमित : राजेन्द्र महतो

१५ चैत, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दलहरबीच भइरहेको वार्ता चियागफमात्र भएको बताएका छन् ।

Rajendra-Mahota-Presedent-of-Sadvabana-Partyरफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको कार्यक्रममा महताले विगतमा गरेका सहमति र सम्झौतालाई लत्याएर संविधान जारी गरे जलाउने बताए । उनले विगतका सहमतिलाई लत्यार गरिने कुनै पनि वार्ताबाट निकास ननिस्कने बताए ।

सबै विषयमा सहमति हुने देखिएपनि पाँच जिल्लाका विषयमा कांग्रेस एमालेको यथास्थिति सोचकै कारण मिलनबिन्दु नेभटिएको उनले बताए । उनले भने-‘एक मधेस एक प्रदेशको नारालाई गलत रुपमा ब्याख्या गरेर जसरी कांग्रेस र एमालेले मधेसी र पहाडी बीचको सद्भाव खल्बलाउँदै छन्, यो गलत नियत हो ।’

सद्भावनाका अध्यक्ष महतोले संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कांग्रेस र एमालेको कार्यकर्ताको भूमिका खेल्दा समस्या झनै बल्झिएको दाबी गरे ।

सीमा अतिक्रमणका विषयमा नेपालकै कूटनितिक कमजोरी रहेको भन्दै उनले अरु देशलाई गालीगर्दैमा राष्ट्रियता बलियो नहुने बताए ।सद्भावना अध्यक्ष महतोले भने-‘भारतलाई गाली गर्दैमा राष्ट्रबादी भइन्छ भन्ने सोचबाट नेपालका नेताहरु पर रहन नसक्नु दुःखको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment