Comments Add Comment

अग्निपीडितहरुलाई एनआरएन कतारको सहयोग संकलन सुरु

nrna_logo_latestकतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति कतारले नेपालका विभिन्न ठाउँमा भएको आगलागी पीडितहरुका लागि आर्थिक सहयोग संकलन सुरु गरेको छ ।

एनआरएन एनसीसी कतारको आशन्न चौथो तथा अन्तिम परिषद् भेलाको तयारीबारे छलफल गर्न बसेको बैठकमा अग्निपीडितहरुका लागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो ।

केही दिनअघि ताप्लेजुङ, सप्तरी लगायत विभिन्न स्थानमा भएका आगालागी हुँदा धनजनको क्षति भएको थियो ।

अग्निपीडित राहात संकलनका लागि सचिवालय सदस्य छविरमण कटुवालको संयोजकत्वमा समिति गठन गरिएको एनआरएनए कतारले जनाएको छ । राहात संकलन समितिको सदस्यहरुमा प्रेम सिटौला, गोप सुनार, लोकबहादुर तामाङ तथा रामकुमार मण्डल रहेका छन् ।

बैठकले कतारमा मृत्यूदण्ड सजाय तोकिएका स्याङजाका कुशल कार्कीको जीवन रक्षाकालागि थप पहल गर्न अध्यक्ष मक्सुद आलमलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

रिक्त पदहरुमा पदपुर्ति

एनआरएन (एनसीसी) कतारको कतारको रिक्त पदपूर्ति गरिएको छ । अध्यक्ष मक्सुद आलमको अध्यक्षतामा शुक्रवार बसेको संस्थाको बैठकले रिक्त सचिव पदमा सचिवालय सदस्य टेकनाथ बराललाई नियुक्त गरिएको छ ।

यस्तै रिक्त सचिवालय सदस्यमा कार्यसमिति सदस्य ई. नन्दप्रसाद गर्बुजालाई तथा राष्ट्रिय परिषद् सदस्यहरु अशोककुमार तामाङ, टंकनाथ भट्टराई तथा ठाकुरकुमार दर्जीलाई मनोनयन गरेको छ ।

त्यसैगरि रिक्त अनुशासन तथा अनुगमन समितिको संयोजकमा चुडामणी कार्कीलाई मनोनित गरिएको छ । सोही बैठकले परराष्ट्र मन्त्रलयको निर्देशन बमोजिम नियोग प्रमुखको संरक्षकत्वमा गठन हुने व्यापार प्रबद्धन समितिको लागि मक्सुद आलम तथा कमलमणी गुरँगाईको नाम सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment