Comments Add Comment

नुवाकोटमा लोकदोरी अवार्ड हुने

नुवाकोटको त्रिशुलीमा ‘सुन्दरादेवी सन्देश साप्ताहिक’को आयोजनामा बाग्मती अञ्चल स्तरिय ‘प्रथम बाग्मती लोकदोहोरी अवार्ड २०७२’ आयोजना हुने भएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै अवार्डका अध्यक्ष किरण अधिकारीले वैशाख ११ गते नुवाकोटमा अवार्ड हुने जानकारी दिएका छन् । ८ वटा विधामा अवार्ड वितरण गर्न लागिएको हो । पत्रकार सम्मेलनमा हरेक विधाका उत्कृष्ट ५ को मनोनय पनि सार्वजनिक गरिएको छ ।

उत्कृष्ट गायिका, गायक, लय, शब्द, भिडियो निर्देशक, महिला मोडल, पुरुष मोडल, छायांकार, सम्पादक विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment