Comments Add Comment

रकि माउन्टेनको अध्यक्षमा शरद आचार्य

rockeyअमेरीका । अमेरिकाको कोलोराडोमा सक्रिय नेपालीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको शनिवार सम्पन्न पदाधिकारी चुनावमा बर्तमान अध्यक्ष शरद आचार्य पुनः विजयी भएका छन् ।

आगामी दुई वर्षे कार्यकालको लागि भएको चुनावमा आफ्ना प्रतिष्पर्धी राजु सिटौलालाई पछि पार्दै अध्यक्ष पदमा आचार्य विजयी भएका निर्वाचन संयोजक प्रकाश वस्न्यातले जानकारी दिए ।

रकि माउन्टेन फ्रेन्ड्स अफ नेपालको विधान अनुसार १४ जना पदाधिकारी चयन गर्नुपर्नेमा ६ जना निर्विरोध भएकाले अध्यक्ष, महासचिव र पाँच जना बोर्ड अफ डाईरेक्टर्स छनाैट गर्न चुनाव भएको हो । अध्यक्ष र महासचिवमा दुई दुई जना र बोर्ड अफ डाईरेक्टर्स पदको लागि ८ जना चुनावी मैदानमा उत्रेका थिए ।

महासचिवमा विनोद त्रिपाठी, बोर्ड अफ डाईरेक्टर्समा बुना दाहाल, उमेशकुमार श्रेष्ठ, राजेश शर्मा, चक्र गुरुङ र तीर्थ विश्वकर्मा विजयी भए । यसैगरि निर्विरोध चयन हुने पदाधिकारीहरुमा उपाध्यक्षमा उमेश श्रेष्ठ, कोषाध्यक्षमा मणी बस्नेत, सांस्कृतिक सचिवमा दिनेश कार्की, जनसम्पर्कमा टीका पौडेल, महिला प्रतिनिधिमा अर्पना श्रेष्ठ र बिद्यार्थी प्रतिनिधि योगेश कोईराला रहेका छन् ।

आजिवन सदस्य र साधारण सदस्य गरि जम्मा ५ सय २ मतदाता मध्ये ३ सय २ जनाले अनलाइन मार्फत भोट हालेका थिए भने ५ जनाले बुथमा उपस्थित भई मतदान गरेका थिए । संस्थाको विधान अनुसार निर्वाचित पदाधिकारीको कार्याकाल दुई वर्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment