Comments Add Comment

सनराइज बैंकको ५२औं शाखा सिराहामा

Sunrise-Bank-Lahan-Chapter
१५ चैत, काठमाडौं । सनराइज बैंकले सिराहाको लाहान बजारमा आफ्नो शाखा विस्तार गरेको छ । शाखाको बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले उद्घाटन गरे ।

सिराहा शाखासँगै बैंकका शाखा संख्या ५२ पुगेका छन् । शाखा उद्घाटन गर्दै सञ्चालक सदस्य तातेडले लाहान क्षेत्रमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताए ।

स्थानिय स्तरमा निक्षेप संकलन गरी साना एवं मझौला ब्यवसाय, हायर पर्चेज लगायतका क्षेत्रमा कर्ज प्रवाह गर्नका लागि शाखा विस्तार गरेको तातेडको भनाई छ ।

आफुहरुले स्वस्थ प्रतिस्पर्धी बैंकिङ प्रणालीको विकास गर्ने दाबी गर्दै उनले नयाँ क्षेत्रहरुको पहिचान गरी बैंकिङ सेवा प्रदान गर्दै जाने लक्ष्य राहेको बताए ।

लाहान शाखाबाट त्यस क्षेत्रका ग्राहक, व्यवसायी तथा सर्वसाधारणहरुलाई बैंकिङ सेवाको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

शाखा उद्घाटन कार्यक्रममा चेम्बर अफ कमर्स लाहानका अध्यक्ष सुनिल कुमार महतो, स्थानिय व्यापारी तथा बासिन्दाको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment