Comments Add Comment

बानाको नयाँ कार्यसमिति चयन

Bana-3अमेरिका । अमेरिकाको बाल्टिमोर तथा मेरिल्याण्ड राज्यभित्र रहेको नेपालीहरुको संगठन बाल्टिमोर एशोसियनसन अफ नेपालिज इन अमेरिका (बाना) को नयाँ कार्यसमिति चयन गरिएको छ ।

कुलमणि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा अनु वन्त, उपाध्यक्षमा सतिस चापागाईं, महासचिब देवब्रत शर्मा, सचिव श्रीजन ताम्राकार चयन भएका छन् । कार्यसमितिको कोषाध्यक्ष पद भने रिक्त राखिएको उपाध्यक्ष सतिस चापागाईँले जानकारी दिए ।

bana-1यस्तै, संस्थाको आईटी डाइरेक्टरमा शालिक शर्मा वाग्ले तथा अन्य सदस्यमा सुबोधविलाश पन्त, बाबुराम बिक, राजु पराजुली, जनक पौडेल, दीपक शर्मा, बलबहादुर गुरुङ र इन्दु रेग्मी चुनिएका छन् ।

अमेरिकाका लागि कार्यबाहक नेपाली राजदुत ऋषिराम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महाबाणिज्यदुत प्रेमराजा महत, हृवाइट हाउस कमिसन अन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डरका तर्फबाट सल्लाहकार डा. अम्बि्रन तारिक लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै स्थानिय बुद्धिजीवी प्रेमकुमार श्रेष्ठ, राज सेन्चुरी, युद्धबहादुर पन्त, कुलबहादुर गुरुङ, दुर्गा श्रेष्ठ, डा. भीम कट्टेल, गोबिन्द गिरी प्रेरणा, गोपाल बिक, दलबहादुर रोका, लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment