Comments Add Comment

लाठीकै भरमा संविधान ल्याउँछौं : फोरम महासचिव यादव

सुभाष प्रसाद साह

१५ चैत, कलैया । मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादवले सत्तारुढ दल बिगतका सहमति र सम्झौता अनुसार अघि बढ्न तयार नभए आन्दोलनको बलमा नयाँ संविधान घोषणा गर्ने बताएका छन् ।

30-Daliya-Morcha-Bara-lathi

बहुमतीय आधारमा बनाइएको संविधान नेपाली जनताले नस्वीकार्ने उनले दाबी गरे । ‘बहुमतको दम्भमा संविधान जारी भए त्यसलाई मानिदैन,’ कलैयामा ३० दलीय मोर्चाले निकालेको लाठी जुलुसलाई सम्वोधन गर्दै यादवले भने, ‘यदि बहुमतको दम्भमा नागरिकको अधिकार विहीन संविधान जारी भए हामी लाठीको भरमा अधिकार सहितको संविधान घोषणा गर्ने छौं ।’

जनयुद्ध, मधेस आन्दोलन, जनजाती आन्दोलनको सहमति एवं सम्झौता बिपरित कांग्रेस-एमालेले संविधान घोषणा गर्न खोजेकोले तिनीहरुलाई सचेत गराउन मोर्चाले लाठी जुलुस निकालेको महासचिव यादवले बताए ।

यसअघि मोर्चामा आबद्ध दलका जिल्ला कार्यालयबाट लाठीसहित जुलुस निकालिएको थियो । बाजागाजासहितको जुलुस कलैयास्थित पन्नदेवी उच्च माविमा जम्मा भई प्रहरीको घेरा तोड्दै कलैया नगर परिक्रमा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता समेत रहेका डिएसपी रबिन्द्र रेग्मीको नेतृत्वमा बजारमा प्रहरी परिचालन गरिएको थियो । प्रदर्शन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment