Comments Add Comment

निशाको आक्रोश-‘६०१ लाई नै वर्खास्त गरे हुँदैन’ ?

nisha-adhikari
देशको राजनीतिक अवस्थाका कारण सबै जनता नै आक्रान्त छन् । दिनहुँ विग्रदै गएको देशको अवस्थाले नागरिकहरुलाई चिन्ता लाग्नु त स्वभाविक नै हो । यसैले, सामाजिक संजालमा अहिले जनताको आक्रोश पोखिन थालेको छ ।

देशको विग्रदो अवस्थाका कारण नेपाली चलचित्र क्षेत्र पनि आक्रान्त नै छ । चलचित्र नचलेको समयमा बन्द र हड्तालका कारण चलचित्रकर्मी समस्यामा परेका छन् । यसैले पनि उनीहरु विभिन्न तबरले देशको अवस्थाका बारेमा आफ्नो आक्रोश पोख्ने गर्छन् । नायिका निशा अधिकारी पनि देशको अवस्था देखेर आफू उकुसमुकुस भएको बताउँछिन् ।

आफ्नो फेसबुकको स्टाटसमा निशाले लेखेकी छिन्-‘देश अलिकती भएपनि उकालो कहिले लाग्ने हो ? ६०१ जनाले लुट्दा चुप लागेर हेरेर गाली गर्दै बस्नु बाहेकको उपाय नदेख्दा उकुस मुकुस हुन्छ ।’ निशाले नालायक प्रधानमन्त्रीको राजिनमामा माग गर्न हामिले किन नसकेका हौं भन्दै लाज पचेका गृहमन्त्री लगायतका एउटा ढंगको बोली बोल्न नसक्ने नेताहरुको कर्तुत चुप लागेर हेर्नु परेको लेखेकी छिन् ।

उनको आक्रोश यत्तीमा मात्र सिमित छैन । उनले अगाडि लेखेकी छिन्-‘हाम्रो देश घुस दिने र लिनेको देश बाहेक केही रहेन त ? अपराधी त दुबै हुन् । त्यसैले त चुकेका होइनौ हामी ? कानुनको दायरामा बस्नु परेको दर्द पो हो कि ?’

उनले अन्तरिम संविधानलाई नै स्विकारेर ६०१ जनालाई वर्खास्त गरेर बाँकी सुधार विस्तारै गरौ भनेर माग राख्न आफूहरुले किन नसकेका हौं भन्दै प्रश्न उठाएकी छिन् । निशाले देश बचाउने भनेको आफूहरु नै भएकाले सबैलाई एकजुट भएर विकासको गतीमा अगाडि बढ्न फेसबुक मार्फत आग्रह गरेकी हुन् ।

फेसबुकमा देशको अवस्थाको बारेमा चिन्ता लिएर केही कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment