Comments Add Comment

प्रहरीलाई झुक्याएर छापामार शैलीमा निस्कियो भाटे जुलुस

30 Party Vata julus (2)

१५ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा प्रहरीलाई झुक्याएर लाठी जुलुस निकालेको छ ।

मोर्चाले भृकुटीमण्डपबाट लाठी जुलुस निकाल्ने भनेपछि प्रहरीले भृकुटीमण्डपको गेटमा ढुकेर बाँसका भाटा खोसेको थियो । तर, आन्दोलनकारीले छापामार शैलीमा सुरक्षाकर्मीलाई छक्याएर भाटा बोक्न सफल भएका छन् ।

30-Party-Vata-julus-11

एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीसहितको अगुवाइमा निस्केको जुलुसको प्रारम्भमा एकाधले मात्रै भाटा बोकेका थिए ।

तर, जुलुसु सुन्धारामा आइपुग्दा सबैको हातहातमा बाँसका भाटा देखिए । आन्दोलनकारीको जुक्ति देखेर प्रहरीहरु जिल्ल परे ।

प्रहरीले कडाइ गरेपछि आन्दोलनकारीले माइकिङका लागि प्रयोग गरेको गाडीमा लुकाएर भाटाहरु भृकुटीमण्डपमा नलगी सुन्धारामा पुर्‍याएको थियो । भृकुटीमण्डपको जुलुस सुन्धारा पुगेपछि आन्दोलनकारीहरुले गाडीमा रहेका भाटाहरु आपसमा बाँडे ।

30 Party Vata julus (9)

तर, प्रहरीलाई झुक्याएर अघि बढेको भाटे जुलुसलाई प्रहरीले वीर अस्पताल, ट्रमा सेन्टर अगाडि पुगेपछि त्यहाँबाट जमलतिर अघि बढ्न दिएन । त्यसपछि ३० दलका नेताहरुले खुलामञ्चको एक कुनामा कोणसभा गरे ।

30 Party Vata julus (5)

आयोजकहरुको तयारी जमल हुँदै पुनः भृकुटीमण्डपमा आएर जुलुसको समापन गर्ने भए पनि प्रहरीले वीचैमा रोक्न सफल भयो ।

30 Party Vata julus (1) 30 Party Vata julus (3) 30 Party Vata julus (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment