Comments Add Comment

चैत्र अन्तिमबाट ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’प्रशारण हुने

bhadragoal
विगत केही हप्तादेखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएका दुई चर्चित हाँस्य सिरियल फेरि प्रशारणमा आउने भएका छन् । चर्चित हाँस्य सिरियल ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ चैत्रको अन्तिम साताबाट प्रशारणमा आउन लागेका हुन् ।

दुई चर्चित सिरियल प्रशारणका लागि मिडिया हबले नेपाल टेलिभिजनमा टेन्डर पारेको यसका अध्यक्ष सोम धितालले बताएका छन् । मिडिया हबले अहिले ‘तितो सत्य’ र ‘मेरी बाँस्सै’ नेपाल टेलिभिजनमा देखाउँदै आएको छ । अध्यक्ष सोम धितालका अनुसार नेपाल टेलिभिजनमा आफूहरुको टेन्डर परिसकेकाले चैत्र २७ गतेबाट ‘भद्रगोल’ र चैत्र ३० गतेबाट ‘जिरे खुर्सानी’को प्रशारण सुरु हुनेछ ।

कुनै प्राविधीक समस्या आएमा एक साता ढिलो हुने उनले अनलाइनखबरलाई बताए । दुबै सिरियल पहिलेकै समयमा प्रशारण हुनेछन् । जिरे खुर्सानीका लागि मिडिया हबले २ लाख १७ हजार ७ सय ७७ रुपैयाँ हप्तामा नेपाल टेलिभिजनलाई वुझाउने उनको भनाई छ । यस्तै, ‘भद्रगोल’का लागि भने १ लाख ८७ हजार ७७० रुपैयाँ मिडिया हबले नेपाल टेलिभिजनलाई वुझाउनेछ ।
यस्तै, ‘जिरे खुर्सानी’ प्रोडक्शनका लागि १ लाख ४५ हजार रुपैयाँ मिडिया हबले एक सातामा खर्च गर्दै आएको छ भने ‘भद्रगोल’का लागि ८० हजार खर्च गर्दै आएको छ । ‘वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रममा लागि सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटी रकम नक्कली भएपछि दुई चर्चित सिरियललाई यसको प्रत्यक्ष असर परेको थियो ।

अब, मिडिया हबले यी दुई सिरियलका लागि टेन्डर पारेपछि निरन्तर प्रशारण हुने अध्यक्ष सोम धितालको भनाई छ । पछिल्लो समय नेपाली जनजिब्रोमा हाँस्य सिरियल ‘भद्रगोल’ सर्वाधिक चर्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment