Comments Add Comment

व्यवसायीको सुझाव- लगानीमैत्री नीति बनाउनुस्, कृषिमा लगानी अोइरिन्छ

Fncci

१५ चैत, काठमाडौं । सरकारले बनाएको २० बर्षे कृषि विकास रणनीति (एडिएस) निजी क्षेत्रमैत्री भएमा लगानी बढ्ने व्यवसायीहरुले बताएका छन् । व्यावसायीक कृषिबाट मात्र आर्थिक विकास गर्न सकिने बताउँदै व्यवसायीले निजी क्षेत्रमैत्री रणनीति बनाएर लगानी आकषिर्त गर्नुपर्ने बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले आइतबार एडीएसका विषयमा गरेको अन्तरक्रियामा व्यवसायीले निजी क्षेत्रलाई कृषि विकासका लागि प्रमुख भूमिकामा राख्नुपर्ने बताएका हुन् ।

केन्द्रकी सभापति भवानी राणाले व्यवसायीक कृषिका लागि निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका खेल्न दिनुपर्ने बताइन् । ‘एडीएसले निजी क्षेत्रलाई नेतृत्व गर्न दिनुपर्छ’ उलने भनिन्, ‘यसो हुन सके कृषिमा लगानी बढ्छ ।’

व्यावसायिकतातर्फ नेपालको कृषिलाई अगाडी बढाउन निजी क्षेत्रलाई प्राथमिकता दिनैपर्ने राणाको जोड थियो । ‘निजी क्षेत्रको नेतृत्वमा एडीएसलाई अगाडी बढाउन सकेमा कृषि क्षेत्रको विकासमा धेरै गर्न सकिन्छ भन्ने विश्वास लिएका छौं’ उनले भनिन् ।

आगामी २० बर्षसम्म नेपालको कृषिलाई अगाडी बढाउने मार्ग दर्शनको रुपमा एडीएस यसै बर्षदेखी लागू हुँदैछ । यसअघिको रणनीति २०१४ मै सकिएको हूँदा यसै बर्षदेखी एडीएस कार्यान्वन हुन लागेको हो ।

यस अघिको रणनीतिले  कृषिलाई आधुनिकीकरण र व्यववसायीकरण गर्न नसकेको भनी चर्काे आलोचना भएको थियो । महासंघको केन्दि्रय सदस्यसमेत रहेकी राणाले यस अघिको कमजोर रणनीतिबाट पाठ सिकेर एडीएसलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् ।

कृषिमा निजी क्षेत्रको अपेक्षित लगानी नहुनुमा सरकारको कमजोर नीति रहेको राणको दाबी छ । ‘अन्य क्षेत्रको तुलनामा कृषिमा अपेक्षित दरले लगानी कम भएको गुनासो छ, निजी क्षेत्रले कृषिमा लगानीका लागि कन्ज्ाुस्याँई गरेको होइन’ उनले भनिन्, ‘सरकारको नीति नै लगानी प्रोत्साहन गर्ने किसिमको छैन, कृषि अनुदान, सरल कर्जा, कर्जाको ब्याजदर छुट लगायतका योजना पनि चित्त बुझ्दो छैनन् ।’

केन्द्रका उपसभापति प्रकाश गिरीले पूर्वाधार अभावमा कृषि क्षेत्रमा लगानी कम भइरहेका बताए । ‘पूर्वाधार अभावमा कृषि क्षेत्रको लगानी पछाडी परेको छ’ कृषि र चिया उद्योगमा लगानी गरेका गिरीले भने, ‘पूर्वाधार नपुगेका स्थानमा कृषि बस्तु उब्जाउनुपर्छ । तिनीहरुलाई बजारीकरणको पनि समस्या छ ।’

केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदिप महर्जनले कृषिमा लगानी गर्न निजी क्षेत्र उत्साहित भइरहेको बताए । उनले एडीएसमा खाद्य सुरक्षा कायम गर्नका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको पनि बताए ।

‘एडीएसको मस्यौदामा खाद्य सुरक्षा कायम गर्ने सवालमा निजी षेत्रको भूमिका बारे उल्लेख छैन’ महर्जनले भने, ‘खाद्य सुरक्षाका लागि निजी क्षेत्रले गर्न सक्ने धेरै छ, यसका लागि एडीएसमै अवसर सृजना गरिनुपर्छ ।’

पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले नेपालको कृषि नीतिलाई मूलधारमा ल्ौजानुपर्ने बताए । उनले न्यूनतम व्याजदरमा सरल कर्जा उलब्ध भए उत्साहित भएर कृषिमा लगानी गर्ने व्यवसायी बढ्दै जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment