Comments Add Comment

४६ लाख नेपाली नागरिकता विहीन

१५ चैत, काठमाडौँ । सन् २०१४ को एक तथ्याङ्कअनुसार नेपालका अझै ४६ लाख व्यक्तिले नागरिकता नपाएको देखिन्छ ।

nagariktaमहिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले गरेको एक अध्ययनमा नागरिकतामा ‘आमा र बुवा’ उल्लेख गर्नुपर्ने समस्याका कारण उनीहरु नागरिकताविहीन हुन पुगेका हुन् ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले आइतबार राजधानीमा आयोजना गरेको ‘सन्डे क्लब’ कार्यक्रममा सो जानकारी दिइएको हो ।

कार्यक्रममा एफडब्लुएलडीका अध्यक्ष अधिवक्ता मीरा ढुङ्गानाले अब बन्ने संविधानमा अझैपनि ‘आमा वा बुवा’ उल्लेख नगरी ‘र’ नै राख्ने हो भने यो समस्या अझै विकराल बन्ने बताइन् ।

आमा र बुबाको व्यवस्थाले बलात्कारबाट जन्मिएका, बुबाको ठेगान नभएका, श्रीमती र सन्तान स्वीकार नगरी भागेका मानिसका छोराछोरीलाई नागरिकता लिन समस्या भएको उनको भनाइ थियो ।
सो वर्ष सोह्र वर्ष पूरा गरी नागरिकता लिन योग्य ६ लाख ९२ हजार ९४४ जनामध्ये चार लाख ४२ हजार ९२० ले मात्र नागरिकता पाएका छन् । एकल आमा, विदेशी बाबुजस्ता कारणले उनीहरुले नागरिकता पाउन सकेका छैनन् ।

यदि यो समस्या यथावत् रहने हो भने सन् २०२१ सम्म करिब ६७ लाख व्यक्ति नागरिकताविहीन हुने खतरा रहेको अनुमान अधिवक्ता सुविन श्रेष्ठले गर्नुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष शुभेच्छाविन्दु तुलाधरले नागरिकता व्यक्तिको पहिचान, अस्तित्व र अधिकारसँग जोडिएको विषय भएकाले राज्य संवेदनशील हुनुपर्ने बताइन्  ।

राष्ट्रिय जनगणना–२०६८ अनुसार करिब नौ लाख बालबालिका एकल आमासँग बस्छन् । त्यसैले अब बन्ने संविधानमा नागरिकता लिँदा ‘आमा वा बुवा’ उल्लेख गरी लिन पाउने व्यवस्था मिलाउनुपर्नेमा उनीहरुले जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment