Comments Add Comment

१३ लाख धरौटीमा छुटे राखेप उपाध्यक्ष टेन्डी लामा शेर्पा

१५ चैत, काठमाडौं । अवैध सुन ल्याएको आरोपमा पक्राउ परेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी लामा शेर्पा १३ लाख धरौटीमा छुटेका छन् ।

Tendi-Lama-sherpaहङकङबाट नेपाल आउने क्रममा विमानस्थल प्रहरीले लामालाई पक्राउ परेको थियो । लामासँग भएको २२ तोलाको लकेट र अन्य गरगहना गरी २५ तोला सुन भएको र भन्सार छलेर ल्याएको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

आफूले लगाएको सुनको गहना भन्सार क्लियरेन्स गर्नुपर्छ भन्ने आफूलाई थाहा नपाएका उनले बताए । लामाले अनलाइनखबरसँग भने-‘यो मैले लगाएर गएको थिएँ । मैले ६ तोला मात्र हङकङबाट ल्याएको हुँ । तर, प्रहरीले मानेन ।’

रातभर प्रहरीले हिरासतमा रहेका उनलाई विहान भन्सार कार्यालय लगिएको थियो । उनी १३ लाख धरौटी बुझाएर दिउँसो रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment