Comments Add Comment

संविधानसभा बैठक चैत २३ गतेका लागि आह्वान

CA-BUILDING

१५ चैत, काठमाडौं । दलहरुको सहमति प्रयास असफल भएपछि संविधानसभा बैठक चैत २३ गते आह्वान गरेका छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले २३ गते १ बजेका लागि बैठक आहृवान गरेका हुन् । बैठकको सूचना प्रकाशित गर्नुपूर्व उनले प्रमुख दलका प्रमुख समेतकहरुसँग भेटेर तथा केहीसँग फोनबाटै कुराकानी गरेका थिए ।

दलहरुबीच सहमतिको प्रयास गर्न भन्दै माघ २९ गते संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । यो पटक दलहरुबीच निकै कम मात्र छलफल भयो । भएका छलफल पनि साथर्क रहन सकेनन् ।

पछिल्लो पटक सभाध्यक्षले दलहरुलाई सहमतिका लागि १५ गतेसम्मको समयसीमा दिएका थिए । समयसीमाभित्र सहमति हुन नसकेपछि सभाध्यक्षले बैठक बोलाएका हुन् ।

दलहरुलाई अझै सहमतिका लागि सात दिनको समय दिएर बैठक बोलाइएकाले एजेण्डा भने तय भएको छैन । ‘दलहरुबीच सहमति भए त्यही अनुसार, प्रक्रियामा सहमति भए त्यस अनुसार र केही पनि नभए नियम, कानुन र स्थापीत अभ्यास अनुसार बैठक अघि बढ्छ’ नेम्वाङ निकट स्रोतले भन्यो ।

माघ २९ को बैठक स्थगित हुनुअघि संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । ३० दलीय मोर्चा र राप्रपा नेपालले प्रश्नावली निर्माण प्रक्रियामा भाग नै लिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment