Comments Add Comment

होण्डाले ल्यायो नयाँ बर्ष अफर, १ लाखसम्म उपहार जित्न सकिने

होण्डा मोटरसाइकलले नेपाली नयाँ बर्षको अबसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ ।

अब होण्डा मोटरसाइकल किन्दा हरेक ग्राहकले एक स्क्र्याच कुपन पाउनेछन् जसबाट न्यूनतम ४ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

नेपालका लागि होण्डा मोटरसाइकलको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले जनाएअनुसार होण्डाका हरेक मोटरसाइकल र स्कुटर खरिदमा यस्तो स्क्र्याच कार्ड पाइने छ ।

नयाँ बर्ष शुभ रहोस्, सेफ रहोस् भन्ने यो अभियान अन्र्तगत हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत१ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । नयाँवर्षको अफर सँगै अब होण्डा ग्राहकहरुले सुरक्षाको अनुभुतिका साथसाथै विभिन्न नगद पुरस्कार पनि जितेर आफ्नो नयाँ बर्ष शुभ बनाउन सक्नेछन् ।

आफ्नो स्थापनादेखि नै मोटरसाइकल विक्रि वितरण गर्दै आएको स्याकार ट्रेडिङ्ग कम्पनी नेपालकै अग्रणी र प्रतिष्ठित कम्पनीहरु मध्ये एक हो जसका आधिकारिक विक्रेताहरु नेपालभर फैलिएका छन् ।

new-yr-honda1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment