Comments Add Comment

विश्वकपको उपाधि फिलिप हृयूजप्रति समर्पित

The-Champions-Celebrate

कीर्तिमानी पाँचौं पटक विश्वकपको उपाधि जितेपछि अष्ट्रेलियाका कप्तान माइकल क्लार्कले उपाधि दिवंगत ब्याट्सम्यान फिलिप हृयूजलाई समर्पित गरे ।

उनले भने-‘सबैले भन्नेछन् कि यो विश्वकप हामीले १६ खेलाडीका साथमा खेल्यौं ।’ उनले १६ औं खेलाडी भनेर हृयूजलाई भनेका हुन् ।

क्लार्कले आफ्नो पाखुरामा बाँधिएको कालो पट्टी देखाउँदै भने-‘यो मैले आफ्नो भाइ हृयूजका लागि बाँधेको हुँ । म जब अष्ट्रेलियाका लागि खेल्छु, यसलाई आफ्नो हातमा बाँध्छु ।’

क्लार्क र हृयूज एकअर्कामा निकै नजिक थिए । क्लार्क हृयूजलाई आफ्नो भाइ मान्छन् । गत नोभेम्बरमा घरेलु खेलका क्रमा बाउन्सलले लागेर अष्टे्रलियाली ब्याट्म्यान हृयूजको निधन भएको थियो ।

क्लार्कले भने-‘यो आर्मब्याण्डमा पीएच लेखिएको छ । पछिल्लो केही महिना हाम्रो लागि निकै कठिन रहृयो । यो जित हाम्रो सानो भाइलाई समर्पित गर्छौं ।’

उनले अघि भने-‘आज हृयूज हुन्थे भने खुसी मनाउँथे । यो जितमा हामीलार्ए गर्व छ ।’

क्लार्कले विश्वकपको उपाधिसँगै वन डे क्रिकेटबाट समेत विदा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment