Comments Add Comment

बिरालोको आचीले अमेरिकामा आतंक

cat-dostबिरालोको दिसाले ठूलै दुर्घटनाको खतरा उत्पन्न भएपछि अमेरिकाको एकमात्र भूमिगत आणविक फोहोर केन्द्र अनिश्चित कालका लागि बन्द भएको छ ।

बिरालोको दिसा मिसाइएकै कारण आणविक फोहोर जम्मा गर्ने भूमिगत केन्द्रबाट विकिरण चुहिएको सरकारी विज्ञ टोलीले ठहर गरेसँगै उक्त केन्द्र बन्द गरिएको हो ।

सन् २०१४ को फेब्रुअरीमा उक्त केन्द्रबाट केही मात्रामा विकिरणजन्य पदार्थ निस्किएको घटनापछि त्यसको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानबाट बिरालोको दिसा र नाइट्रेट अम्लको अमिल्दो मिश्रणकै कारण आणविक फोहोर थुपारिएको भाँडोबाट विकिरण निस्किएको पत्ता लागेको हो ।

फोहोरमा भएको चिस्यान सोस्नका लागि कामदारहरुले बिरालोको दिसा हालेका थिए ।

न्यु मेक्सिकोमा रहेको वेस्ट आइसोलेसन पाइलट प्लान्ट नामक उक्त आणविक फोहोर केन्द्रबाट विकिरण चुहिएपछि त्यहाँ काम गरिरहेका २० जना कामदारमा असर परेको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार आणविक पदार्थमा बिरालोको दिसा मिसाइएपछि त्यहाँ उच्चस्तरको रासायनिक प्रतिक्रिया सुरु भएको र त्यसोँ हुँदा आणविक फोहोर राखिएको भाँडोको बिर्को उप्किएको हो ।

अधिकारीहरुका अनुसार अब उक्त आणविक फोहोर व्यवस्थापन केन्द्रलाई पुनः संचालनमा ल्याउन वर्षौँ लाग्नसक्छ र यसका लागि आधा अर्ब डलर खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment