Comments Add Comment

यी हुन् सबैभन्दा तिव्रगतिको इन्टरनेट भएका १० देशहरु

internetवर्तमान सूचना प्रविधिको युगमा इन्टरनेट मानिसहरुको दैनिकीको अभिन्न पाटो बनिरहेको छ । यद्यपि विश्वका प्रयोगकर्ताहरुले समान गतिको इन्टरनेट प्राप्त गर्न सकेका छैनन् । कतिपय देशमा निकै तिव्र गतिको इन्टरनेट सेवा प्राप्त छ भने कतिपय देशमा निकै झूर । नेटवर्क ट्रयाकर अकामाइले हालै सार्वजनिक गरेको विश्वका देशहरुको इन्टरनेट गतिको अवस्था विषयको एक प्रतिवेदन दी स्टेट अफ इन्टरनेट अनुसार विश्वका सर्वाधिक तिव्र गतिको इन्टरनेट भएका देशहरु यी हुन्-

१. दक्षिण कोरिया– औषति कनेक्सन स्पीड २२.२ एमबीपीएस सहित दक्षिण कोरिया विश्वको सबैभन्दा तिव्रगतिको इन्टरनेट सेवा रहेको देशको सूचिमा पहिलो स्थानमा लगातार रहन सफल भएको छ । यद्यपि पछिल्लो त्रैमासिकमा देशको औषत इन्टरनेट गतिमा १२ प्रतिशतको गिरावट आएको रिपोर्टले देखाएको छ । यद्यपि अघिल्लो वर्ष भन्दा यो वर्ष त्यहाँको इन्टरनेट स्पीड १.६ प्रतिशतले सुधार भएको छ ।

२.हङकङ- तिव्र इन्टरनेट रहेको देशका रुपमा हंगकंग दोश्रो स्थानमा रहेको छ । त्यहाँको औषत इन्टरनेट स्पीड १६.८ एमबीपिएस रहेकेा छ । वर्षेनी इन्टरनेट स्पीडमा ३७ प्रतिशतले सुधार भएको समेत रिपोर्टले देखाएको छ ।

३. जापान- जापान विश्वमा सर्वाधिक तिव्र इन्टरनेट सेवा भएको तेश्रो मुलुक हो । जहाँको इन्टरनेट स्पीड औषतमा १५.२ एमबीपीएस रहेको छ ।

४. स्विडेन- एक स्थान माथि चढ्दै स्केन्डेनेभियन देश स्विडेन सबैभन्द तिब्र गतिको इन्टरनेट भएको चौथो देश बन्न सफल भएको छ । स्विडेनमा ब्रोडब्याण्ड इन्टरनेटको औषत गति १४.६ एमबीपीएस रहेको छ र वाषिर्क सुधार ३४ प्रतिशत रहेको छ ।

५. स्विट्जरल्याण्ड- अघिल्लो त्रैमासिकमा चौथो स्थानमा रहेको स्विजरल्याण्ड एक तह खस्किँदै पाँचौ स्थानमा झरेको छ । अकामाइको रिपोर्ट अनुासर हाल स्विजरल्याण्डको औषत इन्टरनेट स्पीड १४.५ एमबीपीएस रहेको छ ।

६. नेदरल्याण्ड– इन्टरनेट स्पीडका आधारमा विश्वमा छैटौँ स्थानमा कायम रहेको नेदरल्याण्डमा इन्टरनेटको औषत गति १४.२ एमबीपीएस रहेको छ ।

७. लाटि्भया- वाषिर्क तथा त्रैमासिक रुपमा समेत इन्टरनेट स्पीडमा गिरावट आएपनि लाटि्भयाले विश्वका तिव्र इन्टरनेट भएका देशहरुको सूचिमा आफुलाई उल्टो एक स्थान माथि चढाउँदै सातौँ स्थानमा पूराएकेा छ । लाटि्भयामा इन्टरनेटको औषत गति १३ एमबीपीएस रहेको छ ।

८.आयरल्याण्ड- औषत इन्टरनेट स्पीड १२.७ एमबीपीएस सहित आयरल्याण्ड आठौँ स्थानमा रहेको छ ।

९. चेक गणतन्त्र- तिव्र इन्टरनेट भएको नवौँ देशको रुपमा चेक गणतन्त्रले आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । चेकमा इन्टरनेटको औषत गति १२.३ एमबीपीएस रहेको छ ।

१०. फिनल्याण्ड– सर्वाधिक उच्च गतिको इन्टरनेट सेवा रहेका टप टेन देशको सूचिमा आफुलाई दशौँ स्थानमा उभ्याउन फिनल्याण्ड सफल हुँदा सिँगापुर ११ औँ स्थानमा झर्नुपर्यो । फिनल्याण्डको औषत इन्टरनेट गति १२.१ एमबीपीएस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment