Comments Add Comment

कानूनविपरीत सर्वसाधारणलाई सेयर लगानी आहृवान

१६ चैत, काठमाडौ । ८६ मेगावाटको सोलुखोला (दूधकोसी) आयोजनाको मुख्य लगानीकर्ता साहस उर्जा लिमिटेडले कानूनविपरीत सर्वसाधारणलाई सेयर लगानी आहृवान गरेको छ । धितोपत्र बोर्डको अनुमतिविना र आयोजनाबारे विस्तृत जानकारी नदिई सर्वसाधारण ठगिने गरी कम्पनीले संस्थापक सेयरमा लगानी गर्न सार्वजनिक आहृवान गरेको नयाँ पत्रिकामा खबर छ ।
electric
आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भेन्चरमा साहस उर्जाको ८६ प्रतिशत सेयर छ । आयोजनाको सम्भाब्यता अध्ययन पूरा भएको छ, तर विस्तृत अध्ययन पूरा भइसकेको छैन । आयोनामा कति लगानी हुने हो भन्ने स्ष्ट भएको छैन, तर सेयरका नाममा सर्वसाधारणबाट पैसा उठाउन थालिएको छ ।

सेयर जारी गर्दा कम्पनी स्थापनादेखि अहिलेसम्मको संक्षिप्त इतिहास, कम्पनीको उद्देश्य, पुँजी संरचना, नाफा-नोक्सान हिसाब, कम्पनीका संस्थापक लगानीकर्ताको विवरण, सम्भावित जोखिम लगायत सार्वजनिक गर्नुपर्छ । तर, साहस उर्जाले त्यस्तो कुनै विवरण सार्वजनिक गरेको छैन ।

साहस उर्जाले आइतवार मिडियामार्फत सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरमा लगानी गर्न ब्यक्ति, संघ, संस्था, समूह सबैलाई आहृवान गरेको हो । कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रियासमेत पूरा नगरी सेयरमा लगानी आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment