Comments Add Comment

ठेकेदारको पैसामा ऊर्जामन्त्री फ्रान्स जाँदै

१६ चैत, काठमाडौ । ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली नेतृत्वको टोली बुढीगण्डकी जलविद्युत आयोजनाको ठेकेदार खर्चमा फ्रान्स भ्रमणमा जान लागेको छ ।
Radha gawaliकर्मचारी पठाउनुपर्नमा ऊर्जामन्त्री पदीय मर्यादा ख्यालै नगरी भ्रमणमा जान लागेकी हुन् । मन्त्री ज्ञवाली नेतृत्वको टोली चैत २६ मा फ्रान्स जाँदैछ । बुढीगण्डकी जलविद्युत आयोजनको विस्तृत अध्ययन गरिरहेको ठेकेदारी फ्रान्सेली कम्पनी ट्रयाक्टवेल इन्जिनियरिङले मन्त्री नेतृत्वको टोलीको सम्पूर्ण खर्च ब्यहोर्ने र सो खर्च ठेक्कामा जोडिने नयाँ पत्रिकामा खबर छ ।

बुढीगण्डकी विकास समितिले मन्त्रीको भ्रमण ब्यवस्थाका लागि सवै तयारी गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेको छ । उर्जा मन्त्रालयले मन्त्रीको भ्रमण स्वीकृति प्रस्ताव विहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पेश गरेको छ ।

मन्त्रीको विदेश भ्रमण मन्त्री परिषद्बाट स्वीकृत गर्नुपर्ने ब्यवस्था छ ।

मन्त्री ज्ञवालीको टोलीमा मन्त्रालयका सहसचिव समीररत्न शाक्य, बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक गोपाल बस्नेत, मन्त्रीका स्वकीय सचिव राजेन्द्र ढकाल, निजी सचिव गोकर्णराज पन्थ लगायत छन् ।

ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले कर्मचारीलाई फ्रान्स र टर्कीको ३० वटा भ्रमण गराउने ब्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment