Comments Add Comment

तुलसीलाल अमात्य स्मृति गोल्ड कपको तयारी पूरा

१६ चैत, रौतहट । चन्द्रनिगाहपुरमा आगामी चैत १९ गतेदेखि सञ्चालन हुन लागेको तुलसीलाल अमात्य स्मृति गोल्ड कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

देशकै सबैभन्दा बढी धनराशिको महिला फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जनाएको छ । नेपाल खेलकुद क्लब चन्द्रनिगाहपुरद्वारा आयोजित पत्रकारसम्मेलनमा उक्त प्रतियोगितामा तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहने जानकारी दिइयो ।

उक्त फुटबल प्रतियोगिता ‘नक आउट’का आधारमा हुने प्रतियोगिता मूल आयोजक समितिका संयोजक महेश कार्कीले बताए । चन्द्रनिगाहपुरस्थित खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम विजेतालाई दुई लाख, सिल्ड, मेडल तथा उपविजेतालाई एक लाख नगद, सिल्ड र मेडल प्रदान गरिने जानकारी दिइयो ।

उक्त प्रतियोगिताअन्तर्गत समूह ‘क’मा आयोजक रौतहट, नवलपरासी, झापा, कैलाली र महेन्द्र पुलिस क्लब तथा समूह ‘ख’मा त्रिभुवन आर्मी क्लब, मोरङ, बाँके, काठमाडाैं र सशस्त्र प्रहरी गरी १० टोलीको सहभागिता छ ।

यही चैत २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटनका दिन आयोजक रौतहट र नवलपरासीबीच प्रतिस्पर्धा हुने जानकारी दिइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment