Comments Add Comment

सर्बियालाई हराउँदै पोर्चुगल शीर्ष स्थानमा

Cristiano Ronaldo

१६ चैत, काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियालाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा पोर्चुगलले २–१ को जित हात पारेको हो । जितसँगै पोर्चुगल ९ अंकका साथ समूह आइको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा पोर्चुगलले १० औं मिनेटमा कार्भालिहोको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ६१ औं मिनेटमा माटिकले बराबरी गोल गरे ।

खेलको ६३ औं मिनेटमा कोएन्ट्रोले गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment