Comments Add Comment

झापा र कैलालीमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु

Kailali-Accident

  • कैलाली बस दुर्घटना/श्रीधर न्यौपाने

१६ चैत, काठमाडौं । झापा र कैलालीमा भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापा दमकको चियादोकान चोकमा सोमबार बिहान लु १ ख ६२४२ नम्बरको बसले ठक्कर दिँदा दमक ९ का ५५ वर्षीय सैलेश खनालको घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी कैलालीको लम्कीमा सोमबार बिहान बिहान ना ४ ख ३२०५ नम्बरको यात्रु बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

काठमाण्डौबाट धनगढी जाँदै गरेको खप्तड यातायातको डिलक्स बस स्पि्रङ पट्टा भाँचिएर दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment