Comments Add Comment

प्रसूति सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा

१६ चैत, भीमदत्तनगर । दुई वर्षअघि डडेल्धुरामा स्थापना भएको सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा प्रसूति सेवा बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।

प्रसूति सेवाका लागि कुनै बेला सुदूरपश्चिमकै नमुना जिल्लाका रुपमा परिचित डडेल्धुराको टिम अस्पताल बन्द भएपछि सामान्य चेकजाँचबाहेक विशेषज्ञ लगायतका अन्य सेवा पाउन सास्ती भएको हो । सन्तान जन्माउन नसकिने अवस्थामा गरिने सामान्य शल्यक्रियाको व्यवस्था नहुँदा अहिले डडेल्धुराबाट दैनिकजसो गर्भवती महिला तराईका जिल्लामा प्रसूति सेवाका लागि जान बाध्य छन् ।

शल्यक्रिया गर्न नपर्ने महिलालाई समेत उपक्षेत्रीय अस्पतालले अहिले रिफर गरी सेती अञ्चल अस्पतालमा पठाउने गरेपछि महिला थप मारमा परेका हुन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा कुल १०६ स्वास्यकर्मीको दरबन्दी भए पनि हाल कार्यरत आठ चिकित्सकमा दुई अध्ययन बिदामा छन् भने अर्का शल्यक्रिया गर्ने चिकित्सक सन्तोष गुप्ता तीन महिनादेखि बिदामा बसेका छन् । अस्पतालमा कार्यरत पाँच चिकित्सक मेडिकल अधिकृत मात्रै भएका कारण आकस्मिक सेवा सञ्चालनमा कठिनाइ भइरहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रभात राजपुतले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment