Comments Add Comment

६०औँ स्थापना दिवसमा पत्रकार महासंघको प्रभातफेरी

pravatferi

१६ चैत, काठमाडौं । नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ ६०औँ वर्षमा प्रवेश गरेको अवसरमा सोमबार विहान प्रभातफेरीको आयोजना गरिएको छ ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर, सहिद ढोका, सुन्धारा, नयाँ सडक हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको भौतिक सुरक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सम्पूर्ण पत्रकारको अधिकारका लागि महासङ्घ लागिरहेको बताए ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिएको हुँदा जिम्मेवार र उत्तरदायी भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नु भयो ।

महासङ्घका पूर्वअध्यक्ष होमनाथ दाहालले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक संविधान जारी गराउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । प्रभातफेरीमा महासङ्घका पूर्वअध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, विष्णु निष्ठुरीलगायतको सहभागिता थियो ।

६० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँ शाखाले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ सञ्चारकर्मीले रक्तदान गरेका थिए । वार्षिकोत्सवको अवसरमा महासङ्घले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा आज दिउँसो चियापान कार्यक्रमको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment