Comments Add Comment

शहर पसेको गैंडालाई जंगल फर्काउने प्रयास असफल

Rhaino-at-Hetuda-Bajar

१६ चैत, हेटौंडा । चितवन राष्ट्रिय निकुन्जबाट हेटौंडा बजारमा निस्किएर एकजनाको ज्यान लिएको गैंडालाई जंगलमा फर्काउने प्रयास सोमवार दिनभरी पनि सफल भएको छैन ।

गैंडा हेटौंडा बजारबाट भुटनदेवी मन्दिर छेउसम्म पुगे पनि त्यहाँबाट जंगतलतर्फ फर्काउने प्रयास असफल भएको हो । गैंडालाई खेदाउन हात्ती समेत मगाइएको छ ।

दुई हात्ती अहिले गैंडा भएको ठाउँमा पुगे पनि त्यतिले मात्र नपुगेर थप दुई हात्ती निकुन्जबाट मगाइएको छ । चारओटा हात्तीको बीचमा राखेर गैंडालाई निकुञ्जमा पठाउने प्रयास भइरहेको छ ।

गैंडा धपाउन निकुञ्जका कर्मचारी, सेना, प्रहरी, स्थानीय लगायत ठूलो समूह जम्मा भएको छ ।

गैंडाको आक्रमणबाट १ को मृत्यु

सो गैंडाले आक्रमण गर्दा स्थानीय सीता दाहालको मृत्यु भएको छ । घाँस काट्न गएकोबेला दाहाललाई गैंडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

गैंडाले आक्रमण गर्दा अरु तीन जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उक्त गैंडा चितवन राष्ट्रिय निकुन्जबाट बाटो बिराएर बजार पसेको निकुञ्ज स्रोतले जनाएको छ ।

gaida-1

तस्वीरः प्रताप विष्टको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment