Comments Add Comment

राधिका भन्छिन्ः महिलालाई हेप्ने भूमिकामा अभिनय गर्दिन

radhikaमुम्बई । सेक्सलाई दालभात जस्तै सामान्य मान्न आग्रह गरेकी बलिउड नायिका राधिका अप्तेले महिलालाई हेप्ने खालको भुमिका आफ्नो लागि अस्वीकार्य हुने बताएकी छिन् ।

आफु आईटम डान्सका लागि ईच्छुक भए पनि महिलाको अपमान गर्ने खालको गीतमा डान्स नगर्ने बताएकी छिन् । ‘महिलालाई उपभोगको बस्तु बनाईएको आईटम डान्स’ मा मलाई प्रस्ताव नगर्नु होला ।’ आग्रह गर्दै उनले भनिन् ।

आईटम डान्समा छोटो लुगा सामान्य हो भन्ने राधिकाले महिलालाई हेप्ने आशय नभए कुनै फरक नपर्ने बताएकी छिन् । पछिल्लो समय चलचित्र ‘हण्टर’मा काम गरेकी यी नायिकाले सेक्सका विषयमा उदार धारणा राख्न आम मान्छेलाई आग्रह गरेकी थिईन ।

केही महिनाअघि मात्रै उनको वाथरुममा खिचेको नाङ्गो सेल्फी सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment