Comments Add Comment

भारतमा पूर्व विधायकको गोली हानी हत्या

१६ चैत, काठमाडौ । आईएनडीएलका पूर्व विधायक भरत सिंहको दिल्लीको नजफगढमा आइतवार राती गोली हानी हत्या गरिएको छ । उनको साथमा रहेका उनका दुई निजी सुरक्षा अधिकारीलाई गोली प्रहार भएको छ । दुवै सुरक्षा अधिकारीको अवस्था गम्भीर रहेको छ । भरत सिंहको सन् २०१२ मा पनि यस्तै गरी ज्यान लिने उद्देश्यले हमला भएको थियो ।
bharat-singhप्रहरीका अनुसार सिंह एक निजी समारोहमा भाग लिन गएका बेला एक बाटिकामा सो घटना भएको हो । ६ जना भन्दा बढी हतियारवद्ध हमलाकारीले सो ठाउँमा पुगी ३८ वर्षीय सिंहमाथि हमला गरेको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

हमलाकारीले १५-२० गोली चलाएका थिए । सिंह स्थानीय किसान पहलवानको भाइ थिए । पहलवानविरुद्ध दुई दर्जनभन्दा बढी आपराधिक मामिला दर्ज भएको छ ।

भरत सिंह तथा उनको दुई पीएसओको गोली लागे लगत्तै गुँडगाउँस्थित मेदान्त अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा पूर्व एलएलएको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिंहको शीरमा गोली लागिएको थियो । सिंह सन् २०१२ मा विधायक रहेको बेला पनि उनीमाथि हत्या प्रयास भएको थियो । जतिबेला उनका एक नातेदारलाई पनि गोली हानिएको थियो ।

उक्त मामिलामा प्रहरीले चार जनालाई गिरफ्तार गरेको थियो । उनीहरुको मुद्दा अहिले पनि जारी रहेको छ । प्रहरी अधिकारीका अनुसार सामुहिक आक्रमणको घटना भएको र स्थानीय अपराधी उदयबीर उर्फ कालेको गिरोहले गराएको आशंका गरिएको थियो । उदयबीर हालसालै जेलमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment