Comments Add Comment

लोपोन्मुख बाली संरक्षणका लागि बीउ बैंक स्थापना

१६ चैत, बेनी (म्याग्दी) । लोपोन्मुख बाली संरक्षणका लागि म्याग्दीको बगरफाँटमा पहिलोपटक चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ ।

समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीले धान, मकै, गहुँ, कोदो, भटमास, बोडी, घिरौँला, सागलगायत खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो ।

स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट सङ्कलन गरी बैंक स्थापना गरिएको बीउ बैंकका अध्यक्ष जितबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार उपभोक्तामुखी बाली प्रजननद्वारा विकसित नयाँ धान तथा कोसेबालीको जात प्रवद्र्धनका लागि बीउ बैंक स्थापना गरिएको हो । जसमध्ये अधिकांश स्थानीयस्तरमा पाइने भए पनि लोपोउन्मुख अवस्थामा रहेका छन् ।

स्थानीयस्तरमा उपलब्ध हुनसक्ने तर लोपोन्मुख अवस्थामा रहेका धान तथा अन्य बालीको प्रवद्र्धनका लागि एउटा छुट्टै भवन स्थापना गर्न लागिएको संस्थाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय र समुदायको गरी ६ लाख रूपैयाँबराबरको लगानीमा बीउ बैंकका लागि यसै वर्ष भवन निर्माण थालिने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment