Comments Add Comment

जाजरकोटमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

१६ चैत, जाजरकोट । जाजरकोटमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी ट्याक्टर चालक खलंगा-६ रिसान निवासी १८ वर्षका रामबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो । सहचालक घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भे १ त ५५६४ नम्बरको ट्याक्टर शान्ति चौतारास्थित जिल्ला कारागार नजिकैको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment