Comments Add Comment

प्रचण्ड मोर्चाद्वारा जिल्ला प्रशासन कार्यालय घेराऊ

30 dal _dristict round  (2)

१६ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । सत्तापक्षीय दललाई सहमतिमा संविधान जारी गर्न दवाव दिने उद्देश्यले सुरु गरिएको दोस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।

सत्तापक्ष दल सहमतिको लागि तयार नभएको र बहुमतको प्रक्रियाबाट संविधान लेखन प्रक्रिया सुरु गरेको विरोधमा मोर्चाले चरणबद्ध आन्दोलन गर्दै आएको छ । मोर्चाले आइतबार देशभर लाठी जुलुस निकालेको थियो ।

मोर्चाको बैठक बस्दै

आन्दोलनको समिक्षा गर्न र आउँदो २३ गते आह्वान गरिएको संविधानसभा बैठकबारे धारणा बनाउन ३० दलीय मोर्चाको बैठक पनि सोमबार बस्दै छ ।

आफूले विरोध गर्दा गर्दै संविधानसभा बैठक बोलाइएपछि मोर्चाले संयुक्त धारणा बनाउन लागेको हो । बैठक दिउँसो ३ बजे एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

सहमतिको प्रयास नगरेर एकपक्षीय रुपमा संविधानसभा बैठक बोलाइएको भन्दै मोर्चाले आपत्ति जनाएको छ । बैठक आह्वान गरेर सत्तापक्ष कांग्रेस-एमालेले देशलाई मुठभेडमा लैजान खोजेको मोर्चाले प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

मोर्चाको नेतृत्वकर्ता एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्माले सत्तापक्ष विगतका सहमति सम्झौतालाई लत्याएर अघि बढ्न खोजेको टिप्पणी गरे । ‘सहमति नभएसम्म संविधानसभा बैठकमा जाँदैनौं,’ उनले भने, ‘सरकार विरुद्धको आन्दोलन थप सशक्त पार्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment