Comments Add Comment

फ्रान्समा राहदानी तथा कन्सुलर सेवा सहज बनाउनेबारे छलफल

वसन्त रानाभाट

बार्सिलोना । फ्रान्सस्थित नेपाली राजदूताबासले राहदानी तथा कन्सुलर सेवा छिटो, सहज र सरल रुपमा प्रदान गर्ने भन्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

राजदुतावासले हेर्ने फ्रान्स, स्पेन, पोर्चुगल ग्रीस र मोनाकोमा बस्ने नेपालीहरुका समस्या र समाधानका उपायहरु पहिल्याउने भन्दै अन्तरक्रिया आयोजना गरेको हो।

passportकार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिकादेबी लुईटेलले एनआरएनए र संघ सस्थाहरुसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरिन्।

दूताबासबाट जारी विज्ञप्तिका अनुसार राजदूत लुँईटेलले नेपालमा बैदेशिक लगानीमैत्री वातावरण बन्दै गएकाले प्रत्यक्ष बैदेशिक लगानी आकर्षण गर्न राजदूतावासबाट गरिने प्रयासबारे जनाकारी गराएकी थिईन् ।

अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले नयाँ राहदानी प्राप्त गर्न लामो समयसम्म कुर्नुपर्ने, राजदूताबासमा फोनबाट सम्पर्क गर्न कठिनाई हुने तथा स्पेन र पोर्चुगलमा बस्ने नेपालीहरुको परिवार मिलन प्रकियामा, भिसा प्राप्त गर्न भोग्नुपर्ने कठिनाईबारे राजदूतलाई अवगत गराएका थिए।

कार्यक्रममा स्पेनकोतर्फबाट एनआरएनए स्पेनका अध्यक्ष एकराज गिरी, नेपाली जनसम्पर्क समितिको तर्फबाट पूर्ब सह-महामन्त्री पेशल कोईराला, प्रवासी नेपाली मंचका अध्यक्ष दिनेश गुरुङ, जनप्रगतिशील मंचका महासचिव, गंगाप्रसाद भुषाल र तमु समाज स्पेनको तर्फबाट अध्यक्ष ज्योति गुरुङले सहभागिता जनाएका थिए।

फ्रान्सको लागि नेपाली महामहिम राजदूत अम्बिका देबी लुइँटेल पेरिस आएपछि, दूताबासले हेर्ने मुलुकका प्रतिनिधिहरुसँग पहिलो पटक संयुक्त रुपमा अन्तरक्रिया तथा छलफल भएको हो।

दूतावासले स्पेनमा घुम्ती टोली पठाउने

पेरिस दूताबासले स्पेनमा रहेका नेपालीहरुको एमआरपी पासपोर्ट बनाउन लगायत अन्य कागजातका कामहरुमा सहज बनाउनको लागि घुम्ती टोली पठाउने भएको छ। राजदूतसँगको भेटपछि एनआरएन अध्यक्ष एकराज गिरीले टोली आउनेबारे जानकारी दिएका हुन्।

गिरीले अनलाईनखबरलाई भने,” राजदुतले जति सक्दो छिटो पठाउछु भन्नु भएको छ टोली आउछ। साथै संघले गर्ने नेपाल प्रबद्दन साँझमा पनि दूताबासको सहकार्य हुने हुदा राजदुतले खुशी ब्यक्त गर्नु भयो।” केहि दिनमा नै कार्यक्रमको मितिबारे टुंगो लाग्ने पनि गिरीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment