Comments Add Comment

दयाराम परियार मानव अधिकार पुरस्कार राजभण्डारी र देवकोटालाई

१६ चैत, काठमाडौं । यस वर्षको दयाराम परियार स्मृति मानव अधिकार सम्मानअधिकारकर्मी विद्या राजभण्डारी र मातृकाप्रसाद देवकोटालाई प्रदान गरिने भएको छ ।

Dayram-pariyarराष्ट्रिय मानव अधिकार आयोगद्वारा  स्थापित पुरस्कार २ हजार ७२ जेठ १३ गते आयोगको स्थापना दिवसमा आयोजित विशेष समारोहमा सरकार प्रमुखवाट प्रदान गरिने आयोग अध्यक्ष अनुपराज शर्माले जानकारी दिए ।

राजभण्डारी भक्तपुर र देवकोटा गोरखाका हुन् । अधिकारकर्मी दयाराम परियारको नवौ स्मृति दिवसमा आयोगद्वारा आयोजित कार्यक्रममा सम्मान घोषणा गरिएको हो ।

२ हजार ६८ सालवाट हरेक वर्ष प्रदान गरिदै आएको सम्मान यसअघि अधिकारकर्मी दुर्गा घिमिरे, चन्द्र किशोर झा, टेकराज बराल, शिवमाया तुम्वाहाङ्गफे, शारदा चन्द र कर्ण वानियालाई प्रदान गरिसकिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अधिकार रक्षक दयाराम परियारको स्मृतिमा स्थापित पुरस्कार हरेक वर्ष एक छनौट समिति गठन गरि मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा कार्यरत १ महिला र १ पुरुष अधिकारकर्मीलाई प्रदान गरिन्छ ।

मानव अधिकार आयोगका तत्कालिन मानव अधिकार रक्षक दयाराम परियार मानव अधिकार अनुगमनकै शिलशिलामा जनकपुरमा प्रहरीको गोली लागि घाइते भएका थिए । अधिकारकर्मी परियारको उपचारकैक्रममा त्रिविवि शिक्षण अस्पाल महाराजगंजमा निधन भएको थियो ।

आयोगले गोलीकाण्डमा प्रत्यक्ष संलग्न तत्कालिन प्रहरी निरीक्षक प्रकाशराज शर्मा र ३ प्रहरीलाई फौजदारी अभियोगमा कारवाही गर्न सरकारलाई शिफारिस गरे पनि हालसम्म कारावही हुन सकेको छैन । स्मृति समारोहमा आयोग अध्यक्ष अनुपराज शर्मा सदस्यहरु प्रकाश वस्ती, सुदीप पाठक र मोहना अन्सारीले पिडकलाई कारवाही गर्न आयोगले अझ प्रभावकारी पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अधिकारकर्मी दयाराम परियारको स्मृतिलाई चीर स्थायी वनाउन हुलाक टिकट प्रकाशन, दयाराम पार्क, स्मारिका प्रकाशन लगायतका गतिविधिलाई अघि वढाउन आयोगले काम अघि वढाउने प्रतिवद्धता व्यक्त गरियो ।

स्मृति समारोहमा परिवारको सदस्यका तर्फवाट अधिकारकर्मी तथा पत्रकार प्रकाशचन्द्र परियारले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा ज्यानको आहुति दिने मानव अधिकार रक्षकले समेत न्याय नपाउनु मानव अधिकारकै खिल्ली भएको भन्दै दण्डहिनताको अन्त्यका लागि परिपूरण भन्दा सजाय महत्वपूर्ण भएको विचार व्यक्त गरे ।

आयोगले आफ्नै कर्मचारीको हत्यामा संलग्नहरुलाई कारवाही गराउन र न्याय दिन नसक्दा संक्रमणकालमा मानव अधिकार रक्षकहरु जोखिम मोलेर काम गर्न हतोत्साहित हुदै गएकोमा परियारको चिन्ता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment