Comments Add Comment

मुक्तिनाथमा धार्मिक पर्यटकको घुइँचो

Muktinath-Mandir

१६ चैत, मुस्ताङ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

चैते दसैँसँगै रामनवमी पर्व परेकाले एकहप्तादेखि मुक्तिनाथमा उल्लेख्य रुपमा धार्मिक पर्यटक आएको मुक्तिनाथ मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

कागबेनीमा स्नान गरी मुक्तिनाथ दर्शन गर्ने धार्मिक पर्यटक बढेपछि कागबेनी, जोमसोम, मार्फालगायतका क्षेत्रमा सञ्चालित साना तथा ठूला होटल भरिभराउ भएका छन् ।

“लगातार दुई पर्व परेको र जिल्लामा पर्यटक मौसम सुरु भएकाले चैत महिना लागेपछि भक्तजन बढ्दै गएका छन्, त्योभन्दा पहिला त सुनसान नै थियो”, मुख्य पुजारी सुवेदीले भने, “अब केही महिना यहाँ भीडभाड नै हुन्छ ।”

स्वर्गीय आफन्तको सम्झनामा कागबेनीमा तर्पण दिने र मनोकाङ्क्षा पूरा गर्ने जनविश्वासमा मुक्तिनाथमा दर्शन गर्ने परम्परा छ ।

हिन्दू र बौद्ध धर्मावलम्बी दुवैले श्राद्धपूर्वक मुक्तिनाथमा पूजापाठ गर्ने हुँदा चीन, भारतलगायतका देशबाट बढी धार्मिक पर्यटक आउने गरेको पुजारी सुवेदीको भनाइ छ । सुवेदीका अनुसार यो मौसममा दैनिक १०० भन्दा बढी भक्तजनले मन्दिरमा पूजापाठ गरिरहेका छन् ।

कागबेनीबाट करिब एक घन्टाको सवारी यात्रापछि मुक्तिनाथ पुगिन्छ । केही समयअघि परेको बाक्लो हिमपातका कारण सडक जीर्ण रहेका कारण भक्तजनले सास्ती खेप्नुपरेको मुक्तिनाथ दर्शनका लागि जानुभएका काठमाडौँ गोँगबुका मधुसुदन दवाडीले बताए । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment