Comments Add Comment

केसीको माग पूरा गराउन माग गर्दै प्रधानमन्त्री निवास घेराउ

१६ चैत, काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गराउन दवाव दिन नागरिक अगुवा तथा मानवअधिकारकर्मीले प्रधानमन्त्री सुशील कोइरालाको निवास बालुवाटार घेराउ गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै तत्काल माग सम्बोधन गरी अनसन तोडाउन अधिकारकर्मीले माग गरेका गरेका हुन् ।

प्रधानमन्त्री निवासमा चिकित्सक, अधिकारकर्मी तथा विद्यार्थीहरुले घेराउ गरिरहेका छन् ।

यसैबीच नागरिक समाजका अगुवाहरुले विज्ञप्ति जारी गरी प्रधानमन्त्री सुशील कोइरालाले अनसन बसेका ‘डा. केसी मरे म के गरौं त ?’ भनी नभनेको बताएका छन् ।

‘प्रधानमंत्रीले त्यस्तो गैरजिम्मेवारीपूर्ण शब्द र वाक्य प्रयोग गर्नु भएकै होईन । डा. केसीको जीवनलाई केही भईहाल्यो भने के गर्ने ? भनेर प्रधानमंत्रीबाट चिन्ता ब्यक्त भएको हो,’ चरण प्रसाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment