Comments Add Comment

यातायात कार्यालयमा मन्त्री लालबाबु पण्डितको छड्के

१६ चैत, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यातायात व्यवस्था कार्यालयमा छड्के अनुगमन गरेका छन् । उनले बिचौलिया छिर्न नदिन र छिटो छरितो सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

Lalbabu-Pandit
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा काममा ढिलासुस्ती र घुस लेनदेन हुने गरेको सूचना पाएपछि मन्त्री पण्डित सोमबार अनुगमनमा गएका हुन् ।

उनले सेवाग्राहीसँग कार्यालयको कामबारे जानकारी लिएका थिए । सेवाग्राहीहरुले विहानै कार्यालय आए पनि ढिलासुस्ती हुने गरेको र बिचौलियाको हालीमुहाली बढेको गुनासो गरेका थिए । बिचौलियामार्फत् कर्मचारीहरुले घुस खाने र घुस नपाएसम्म काम नगर्ने उनीहरुको आरोप थियो ।

त्यसपछि मन्त्री पण्डितले कर्मचारीहरुसँग छलफल गरेका थिए । उनले बिचौलालाई प्रवेश निषेध गर्न र काममा ढिलासुस्ती नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

यो पनि पढ्नुहोस्

मैले घुस खुवाएँ ! कारवाही भए सहुँला बुझाउँला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment