Comments Add Comment

भिसा प्रोसेसिङ विदेशी कम्पनीलाई दिए आन्दोलन गर्ने एमाओवादी चेतावनी

Mao Top Leader

  • फाइल फोटो

१६ चैत, काठमाडौं । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले भिसा प्रोसेसिङ गर्न विदेशी निजी कम्पनीलाई दिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्रधानमन्त्री सुशील काइरालासँग भएको भेटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद प्रक्रिया रोक्न आग्रह गरेका छन् । माओवादीको केन्द्रीय कार्यालयको बैठकमा समेत यसबारे छलफल भएको छ ।

३० दलीय मोर्चाको सोमबार बसेको बैठकले पनि भिसा प्रोसेसिङ गर्न विदेशी निजी कम्पनीलाई दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ ।

उपाध्यक्ष नाारायणकाजी श्रेष्ठ प्रकाशले नेपालको अध्यगमन र भिसा प्रोसेसिङकेा सम्पूर्ण जिम्मा विदेशी निजी कम्पनीलाई दिने प्रस्ताप गैरजिम्मेवार एवं राष्ट्रघाती भएको बताएका छन् ।

आफू परराष्ट्रमन्त्री हुँदा समेत अध्यागमन स्तरउन्नती गर्न भारतलाई दिने प्रस्ताव आएको तर, आफूले नमानेको उनले बताए । उनले भने-‘यो काम नेपाल सरकार आफैंले गर्नुपर्छ । कुनै विदेशी सरकार वा कम्पनीलाई दिनु हुँदैन ।’

अध्यागमनको स्तरोन्नती जरुरी रहेेको भन्दै एमाओवादी उपाध्यक्ष श्रेष्ठले सरकारले यसलाई प्राथमिकतामा राखेर आफैंले गर्नु पर्ने बताए ।

गृहमन्त्रालयले हालै मात्र भिसा प्रोसेसिङ गर्न निजी कम्पनीलाई दिने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगेको छ ।

तर, यसको चर्को आलोचना भएको छ । संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले आइतबार मात्र प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment