Comments Add Comment

यो वर्ष पनि जुजुभाइले नै जिब्रो छेड्ने

jujubhai-shrestha

१६ चैत, भक्तपुर । मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यो वर्ष पनि जुजुभाइ बाँस श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् ।

आफ्नो क्षेत्रको परम्परा जोगाउनकै लागि उनले सातौं पटक यो वर्ष पनि आफैंले जिब्रो छेड्ने ३६ वर्षका  जुजुभाइले बताए । बोडेको जिब्रो छेड्ने जात्रा विश्वमै प्रसिद्ध भएकाले यसलाई जोगाउन अरू पनि जिब्रो छेड्न तयार हुनुपर्ने उनको जोड थियो ।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक,धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ । किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्काल (बउचा)ले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे ।

यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।

भीमदत्तले अब उप्रान्त बोडेमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भने झैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंवदन्ती छ ।

जात्रा सञ्चालनका लागि ८० हजार रुपैयाँभन्दा बढी खर्च हुने भएकाले थिमि नगरपालिका र जिविसको सहयोगले मात्र नपुगने स्थानीयबासी बताउँछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment